मंसिर ०७, २०८१, शुक्रबार
               

७ लाख बढी हिनामिना गर्ने विव्यस अध्यक्षविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

लाखाै रकम हिनामिना गरेकाे अभियोगमा डोटीस्थित केदारेश्वर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराविरुद्ध मुद्दा दायर भएकाे छ । 

विद्यालय व्यव्सथापन समिति अध्यक्ष बाेहराले भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले साेमबार विशेष अदालयमा मुद्दा दायर गरेकाे हाे ।

निज बोहराले भवन  निर्माण र छात्रबृत्ति शीर्षकमा ७ लाख ३९ हजार ९ सय ४६ रुपैयाँ  हिनामिना गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले साेही बराबरकाे बिगोसहित सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि