खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले चीन, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न, तरकारी, फलफूल र मासु आयातमा रोक लगाउन सरकारबाट निर्देशन आएको बताए ।
उनले कृृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना अतिप्रभावित पाँच मुलुकबाट पशु, खाद्य र वनस्पतिजन्य वस्तुको आयात अनुमति नदिन विभागलाई पत्राचार गरेसँगै यी देशबाट खाद्यान्न आयातको अनुमति दिन बन्द गरिएको बताए ।
उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभाग र पशुसेवा विभागले यी ५ देशबाट खाद्यान्न, फलफूल, तरकारी र मासुजन्य उत्पादन आयातको अनुमति नदिन निर्देशन आएकाे बतए ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मर्हजनले अहिलेकै स्थितिमा आयातका लागि प्राप्त भएका निवेदनमा कुनै अनुमति जारी नगरिने बताए ।