जनकपुरधाम । जनकपुरमा शुक्रबार बिहानै एक युवतीको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका – ६ स्थित गोरधोई पोखरीमा युवती मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ ।
विहान स्थानीयले पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार, २६ वर्षीया रोशनी खातुनको शव पोखीमा फेला परेको हो । रोशनीले कपडा पसल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् ।
प्रहरीले भने मृतक युवतीको नाम, ठेगाना, पेशा र घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।