मंसिर ०७, २०८१, शुक्रबार
               

रानी नाकाबाट एक लाख भित्रिए

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

विराटनगरको  रानी नाका हुँदै चैत महिनायता मात्र एक लाख सर्वसाधारण नेपाल भित्रिएका छन् । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्कको तथ्या‌ंकअनुसार १ चैतदेखि मात्र ९९ हजार १ सय ६५ जना नेपाल भित्रिएका हुन् । हेल्थ डेस्कमा जाँच नगराई भित्रिएकाहरूको तथ्याङ्क संकलन भएको छैन ।

ज्वरो नाप गरेर फर्किएकाहरू कहाँ बसेका छन् भन्ने तथ्याङ्क स्थानीय प्रशासनसँग छैन । हेल्थ डेस्कमा बसेकाहरूले धर्का तानेर स्वास्थ्य परीक्षण गरेकाहरूको तथ्या‌ंक राखेका छन् ।ठूलो भिड भएका कारण नाम ठेगाना लेख्न नसकिएको हेल्थ डेस्कमा खटिएका कर्मचारीहरू बताउँछन् ।

चैत ३ गतेसम्म आएका हरुको नाम ठेगाना उल्लेख छ । २२ फागुनदेखि ३ चैतसम्म आएकाहरु मध्ये उच्च ज्वोरो भएकाहरुको सम्पर्क नम्बर टिपिएको छ । तर ४ गतेबाट आएकाहरुको गणना भने धर्का तानेर गरिएको छ । धर्का तानिएकाहरु कसैको परिचय उल्लेख छैन् ।

विराटनगर रानी नाका हुँदै चैत ४ गते १६ हजार ६ सय ८ जना भित्रिएका छन् । त्यस्तै ५ गते १६ हजार १ सय २४, ६ गते २४ हजार १ सय ६३, ७ गते १६ हजार ७ सय ७० र ८ गते शनिबार १८ हजार १ सय ६३ जना नेपाल भित्रिएका छन् । 

भारतमा जनता कर्फ्यू लागेका कारण आइतबार भित्रनेको संख्या नगन्य छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का आइतबारसम्म आएकाहरुको संख्या उल्लेख भए पनि कहाँ गए भन्ने तथ्याङ्क नभएको बताउँछन् ।

ज्वरो नापिएकाहरू शंका गर्नुपर्ने अवस्थाका नभएको उनको भनाइ छ । सोमबारबाट भने भारतबाट आउने सबैलाई ट्रयाकिङ गरिने उनले बताए ।


 


कस्तो लाग्यो ?

यो पनि