काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
मुटुको चासमा समस्या देखिएपछि ओलीलाई बिहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई आज (शुक्रबार) साँझ डिस्चार्ज गरिने सम्भावना छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्नेमा प्रधानमन्त्रीले धेरै धपेडी गरेपछि स्वास्थ्यमा समस्या देखिएको चिकित्सकको भनाइ छ ।
फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।