कोरोनाभाइरसको संक्रमण खतराबाट बच्न पुरै देश लकडाउन गरिएको छ । लकडाउन गरिएको छौटौं दिन । चैतको चर्काे घाम, उखरमाउलो गर्मी । लकडाउनका कारण हिँडडुल गर्न बन्देज । सुरक्षाकर्मीले माइकिङ गर्दै भन्दै छ,‘घरबाट बाहिर ननिस्कनू । साबुन पानीले हात धुनू । मास्क लगाउनू । भीडभाडमा नजानूू ।’
आईतबार कोटेश्वर–भक्तपुर सडकखण्डमा प्रहरीले कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कता माइकबाट भन्दै थियो । तर सोही भनाइको विपरित त्यसै सडकमा लम्कदै थिए पन्ध्र/बीस जना युवाहरू ।
चर्काे घामकाे राप र तापले चिटचिट पसिना । निन्याउरो अनुहार, मुखमा मास्क । खुट्टामा कसैको जुक्ता, कसैको चप्पल । सबैले छोला बोकेका, कोहीले पछाडि भिरेका , कोहीले हातमा झुण्ड्याएका ।
‘कता हिँडेको?’, हामीले सोध्यौँ ।
‘घर जान लागेको’, एक जनाले अलि डराएको भावमा भने ।
‘डराउन पर्दैन, हामी रोक्न आएको होईन पत्रकार हौ. सोधेको मात्र ’ हामीले यति भनेपछि उनीहरू सहज अवस्थामा देखिए ।
‘घर हता हो र ?’ फेरि सोध्यौं ।
त्रास र भोकले शिथिल आवाज आयो– ‘घर कसैको बारा, बसैको, रोतहट, सिराहा, सप्तरी सबैको फरक फरक ठाउँमा छ ।’
‘देश पुरै बन्दछ, हिडेरै जानुहुन्छ ?’ हामीले अर्काे जिज्ञासा राख्यौं ।
‘हामी भोकै मर्नु त ? खानेकुरा छैन, पैसा पनि सकियो, अचानाक सबै बन्द यो, काम गरेको पैसा पनि पाएका छौनौं, अनि नहिँडेर के गर्नु त ?’ आक्रोश पोख्दै भने ।
हामीले प्रश्न गर्यौं ‘यसरी हिडेर कति दिनमा घर पूग्नुहुन्छ ?
‘सिराहासम्म पूग्नलाई दिन रात हिड्दा, लाग्ला ४–५ दिन ।’ उनीहरूको जवाफ थियो ।
१८ जनाको टोलीको नेतृत्व गरेर हिँँडेका रहेछन् उनी ।
झेलामा के के बोक्नुभएको छ ? हामीले जिज्ञासा राख्यौं ?
जवाफ आयो –‘फुक्का चिराउ, चाउचाउ र बिस्कुट छन् ।’
सबै मिलेर पाँच/सात हजार रुपैयाँ जम्मा पारेर उनीहरू घर जान लागेका रहेछन् । बाटो विपी राजमार्गबाट जान थालेका रहेछन् । काठमाडौंको बोद्धमा बस्ने उनीहरू काभ्रे, सिन्धुली हुँदै तराई झर्ने तयारीमा थिए । काठमाडौंमा लकडाउनको पीडामा परेर घर हिडेका उनीहरूलाई घर जान पनि सहज थिएन । बाटोमा भेटिने प्रहरीको टोलीले सोधखोज गर्दै हैरान पार्थ्यो ।
‘कोरोना सर्न सक्छ, बाहिर नजानुस् ?’ प्रहरी भन्थे ।
प्रहरीको कुराले आत्तिन्छन् युवा आक्रोशित हुँदै भन्थे, ‘घर नगएर भोकै मरौ यहाँ ।’
यसरी आईतबार मात्रै कोटेश्वरबाट तीन/चार सय भन्दा बढी हिडेरै गएको देखिएको कोटेश्वर चोकमा ड्युटीमा खटिएका एक प्रहरीले बताए । शनिबार पनि उत्तिकै सख्यामा मानसिहरू घरतर्फ गएका थिए । उता काठमाडौंको मुख्य लाईफलाईन मानिने नागढुंगााबट समेत धेरै बटुवाहरु पैदल हिडेरै घरतर्फ गएका छन् । लकडाउन भएको एक साता पूग्नै लाग्यो ।
सबैभन्दा बढी मर्कामा मजदुर परेका छन् । दिउँसो काम नगरे बेलुका चुह्लो बल्दैन । लकडाउनका कारण मर्कामा परेका न्यून आय भएका, विपन्न वर्ग विशेषतः सहरी मजदुर, गरिबहरूको चुलो बल्न छाडेका खबरहरू सुनिन थालिसकेको छ । त्यस्ता गरिखाने वर्गहरू ठूलो समस्यामा परेको, हातमुख जोड्नकै समस्या भएकोबारे सरकार जानकार छ, । त्यस्ता वर्गलाई कस्तो राहत दिने योजना भने ल्याउन ढिलाई भएको देखिन्छ ।