मंसिर ०७, २०८१, शुक्रबार
               

बढी मूल्य लिने व्यापारी पक्राउ

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

सिन्धुपाल्चोक । कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो । उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर  ९६ रुपैयाँमा बिक्री गर्नुपर्नेमा ११० रुपैयाँमा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ । उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि