लकडाउन भएकाे मौकामा चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज हात्तीकाे चोरी शिकारी भएकाे छ ।
चितवनको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रेखोलामा १ गरी तीन घडियाल गोही मारिएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए ।
बर्दिया निकुञ्ज नजिकै तीन दिनअघि एक वयस्क हात्ती करेन्ट लगाएर हात्ती मारिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राजापुर नगरपालिका ७ शंकरपुरमा तीन दिनअघि एक भाले हात्ती मृत अवस्थामा फेला परेको हो । त्यो क्षेत्र निकुञ्जभन्दा बाहिरको हो ।