मंसिर ०७, २०८१, शुक्रबार
               

सत्यतथ्यपूर्ण समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपील

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड-१९ का बारे विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अपील गरेको छ।

काउन्सिलको आज बसेको बोर्ड बैठकले लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नु परेको पीडाको समीक्षा गर्दै विश्वसनीय, वस्तुनिष्ठ, मर्यादित, सन्तुलित एवं सत्यतथ्यपूर्ण समाचार सम्प्रेषण गर्न अपील गरेको हो। 

आगामी दिनमासमेत पत्रकार आचारसंहिता पालना गरी कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री प्रवाह गर्न काउन्सिलले अपील गरेको छ।

साथै सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काउन्सिलका अध्यक्षको सात दिन, अधिकृत कर्मचारीले पाँच दिन र सहायकस्तरका सबै कर्मचारीको तीन दिनको तलब उपलब्ध गराउने पनि काउन्सिलले निर्णय गरेको छ।


कस्तो लाग्यो ?

यो पनि