काठमाडौं। सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गरेको छ। दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै सरकारले तेस्रोपटक लकडाउनको अवधि बढाएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको हाे ।
नेपालमा पनि एक स्थानीय महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि लडकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णय आइतबारको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।
नेपालमा अहिलेसम्म नाै जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी आठ जनाको उपचार भइरहेको छ।
संक्रमितमध्ये कैलीलीमा तीन, बाग्लुङमा दुई, कञ्चनपुर, धादिङ् र काठमाडाैंमा एक/एक जना छन्। बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापीड टेस्ट सुरू गरिएको छ।