मंसिर ०७, २०८१, शुक्रबार
               

आज चार अन्तर्राष्ट्रिय उडान

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्ध रुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।

तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चाटर्ड गरी स्वदेश फर्काइ रहेका छन् ।  आज मात्रै चार अन्तर्राष्ट्रिय उडान हुदैछन् । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र आज मात्रै चार उडान हुने बताए । केहीबेरअघि बेलायतको टीटान एयरवेजले २४२ बृटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । बेलायतले नेपालस्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो ।    

त्यसैगरी कोरियन एयरले पनि आज आफ्ना नागरिक स्वदेश लैजाँदैछ । बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाजमार्फत आफ्ना करिब २५० नागरिक स्वदेश फिर्ता लगेको थियो । कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो । लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो । लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । यी उडानमार्फत तीन हजार ५०० भन्दा बढी विदेशी घर फर्किएका छन् । सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान भएका छन् । त्यस्तै कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेयिसया, मालिन्दो, इत्तिहाद र चेकरिपब्लिकनको समान एक–एक उडान भएका छन् ।

यसैबीचमा विशेष गरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घरफर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि