काठमाडौं । जनकपुरधामकाे महावीर चौकमा पैसा फालेर भागेका २ जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सिसिटिभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे ।
प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्टमा काेराेना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूको अहिले पिसिआर टेस्ट भइरहेको छ।
पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् ।