मंसिर ०७, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

पूर्वानुमानको अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आइतबार रातिको पूर्वानुमानमा भने  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, तराईका भू–भागमा आंशिक बदली रहने र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि