काठमाडौं । धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले मजदुरको शव गाड्ने उद्योग मालिक अनिफ नदाफ र अजिम मन्सुरीलाई नियन्त्रणमा लिई घट्नाबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।
प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले भने, ‘हामीले यो जानकारी पाएपछि मृतकलाई गाडिएको ठाउँको उत्खनन गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छौँ ।’
जिल्लाको विदेह नगरपालिका ३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको वैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो ।
४० वर्षीय उनको चुँडिएको विजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग सञ्चालकले उनको पोस्टमार्टमसमेत नगरी जमिनमा गाडेका थिए ।