नेपाल क्योकुशिन कराते संघले सिन्धुली क्योकुशिन कराते संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।
नेपाल क्योकुशिन कराते संघका अध्यक्ष दमन बस्नेत तथा कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले सिन्धुली क्योकुशिन कराते संघ (इको) का अध्यक्ष रितेस बिकलाई ५०० थान मास्क र १५ थान पिपिई हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
उक्त स्वास्थ्य सामाग्री सिन्धुली क्योकुशिन कराते (इको ) संघ र सिन्धुलीस्थित दुधौली नगरपालिकाले संयुक्तरूपमा सम्बन्धित व्यक्तिहरूलाई वितरण गर्नेछन् ।