काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ । उनलाई आइसोलेशनमा राखिएकाे स्वास्थ्य अवस्था सामान्य रहेको सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाकारी दिए