प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित ८१ वर्षीया ज्येष्ठ नागरिक घर फिर्ता भएकामा खुशी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण भएर ठीक भएकाेमा खुशी व्यक्त गर्दै डिस्चार्ज भएका सबैलाई सुस्वास्थ्यको कामना गरेका छन् । “कोरोना सङ्क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सञ्चो हुुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोनामुक्त भएकामा सन्तोष लागेको छ”,प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत भने, “डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु ।”