मंसिर ०७, २०८१, शुक्रबार
               

हावाहुरीसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।   

महाशाखाले हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको  साथै पूर्वी र मध्य भू–भागको केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भए अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही  स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा  मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति  पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ  । भने, मध्य र पूर्वी भू–भागका थोरै स्थानमा  र पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि