मंसिर ०७, २०८१, शुक्रबार
               

बन्दाबन्दी खुलेको दुई सातापछि सबै स्थगित परीक्षा सञ्चालनको तयारी

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्यसँगै अन्य अवस्था सामान्य भए बन्दाबन्दी खुलेको दुई सातापछि स्थगित भएका माध्यमिक शिक्षा परीक्षा र कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी भइरहेकाे जनाएकाे छ । 

त्यस्तै, मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाब प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका छन् । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने बताए । 

तर, एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बन्दाबन्दीका कारण विद्यार्थीमा मनोवैज्ञानिक समस्या परेको हुन सक्ने र तत्कालै परीक्षा सञ्चालन गर्दा थप मार पर्नेतर्फ पनि सोच्नु पर्ने बताए । 

गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भए पनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझ परीक्षा स्थगन गरेको थियो । 

सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगित भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि