मंसिर ०७, २०८१, शुक्रबार
               

सांसदहरूको कोरोना परीक्षणमा जे देखियो (तस्विरमा हेर्नुहोस्)

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । 

बैठक बस्नुअघि सांसदहरुको (बिहीबार) कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भए-नभएको परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । 

स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेबस्ने गरी दुवै सदनको बैठक आह्वान गरेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि