मंसिर ०७, २०८१, शुक्रबार
               

आइतबारदेखि उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चलाउन आइतबारदेखि  ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेअनुसार तोकेको समयमा गाडी चलाउन पाउने भएका छन् । 

सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।

यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । 

त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

 


कस्तो लाग्यो ?

यो पनि