मंसिर ०७, २०८१, शुक्रबार
               

अब अर्काे जिल्ला जाने सबै सवारी पास रद्द

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द भएकाे छ । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला मंगलबार दिउँसो गृह मन्त्रालयले रद्द गर्ने निर्णय गरेकाे हाे । 

विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन ।

बिहीबारदेखि लागू हुने गरी एक जिल्लाबाट अर्काे जिल्ला जाने पास रद्द गरिएकाे मन्त्रालयले जनाएकाे छ । साथै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर मात्र हिँड्न नपाइने भएकाे छ । अब उनीहरूका लागि समेत नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि