मंसिर ०७, २०८१, शुक्रबार
               

संक्रमित बढेपछि बारामा कर्फ्यु

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

सांकेतिक तस्विर
ADVERTISEMENT

बारा । कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।  बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि