काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको छ ।
आरोग्य फाउन्डेसनमा कार्यरत २५ वर्षीया नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको हो ।
आरोग्य फाउन्डेसन र निदान अस्पताल एकै भवनमा अवस्थित छ ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम गर्न उक्त भवनमा सील गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान सील गरिएको भवनमा सुरक्षाकर्मीले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।