खोटाङ । खोटाङमा एक युवकलाई कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ का एक युवकमा कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले नेपाल फ्लासलाई बताए ।
नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब सङ्कलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्न पठाएको थियो । पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण देखिएको हो ।
ती युवक वैशाख–१२ गते काठमाडौंबाट घर आएका हुन् ।