मंसिर ०७, २०८१, शुक्रबार
               

उपत्यकाको इन्स्योरेन्स कम्पनीकी कर्मचारीलाई पनि कोरोना सङ्क्रमण

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा रहेका अत्यावश्यक सेवाका कार्यालयहरूमा पनि कोभिड १९ को सङ्क्रमण देखा पर्न थालेका छन् ।

बुधवार कालीमाटी प्रहरी वृत्तका दुई जना प्रहरीमा कोभिड १९ को सङ्क्रमण पुष्टि हुँदा उपत्यकामै रहेको एक इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

सरकारले आधिकारिक घोषणा नगरे पनि सिद्धार्थ इन्स्योरेन्स कम्पनीको कमलादीस्थित काठमाडौँ प्लाजा शाखामा कार्यरत एक महिला कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पिसीआर विधिबाटै पुष्टि भएको नेपालफ्ल्यासलाई विश्वस्त स्रोतले जानकारी दिएको छ ।

केही दिनअघि मात्र नवलपरासीबाट काठमाडौँ आएकी ती महिलाको परिवारका अन्य सदस्यमा भने कोभिड-१९ को सङ्क्रमण नदेखिएको पनि स्रोतले जनाएको छ ।

सरकारले घोषणा गरेको लक डाउनका बेला कार्यालय हाजिर नहुने कर्मचारीलाई तलब दिन नसक्ने इन्स्योरेन्स कम्पनीले अघोषित निर्णय गरेका कारण ती महिला पनि कार्यालय हाजिर हुन बाध्य भएकी थिइन् । स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

यद्यपि उनी स्थायी रुपमा नवलपरासी शाखाकी कर्मचारी हुन् । अन्य इन्स्योरेन्स कम्पनीहरूले पनि यही नीति अख्तियार गरेको कारण सो क्षेत्रमा कोभिड १९ को महामारीले भयावह रूप लिने सम्भावना बढ्दो छ ।

यद्यपि सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा सरह मान्ने निर्णय गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि