मंसिर ०७, २०८१, शुक्रबार
               

सर्वोच्चको पहिलो महिला न्यायाधीशको निधन

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को निधन भएको छ । 

शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षीया सिंहको निधन भएको हो ।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सुशीला सिंहलाई निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा आफूले चिनेको बताए । 

उनको घर काठमाडौंको पकनाजोलमा छ । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । मानिक पनि अस्वस्थ छन् । 

उनीहरुका एक छोरा जर्मनीमा छन्, उनी डाक्टर हुन् ।

यो पनि