मंसिर ०७, २०८१, शुक्रबार
               

गर्भवती महिलाको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
जेठ १३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मंगलबार कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो । निरन्तर ज्वरो आउने, श्वास लिन समस्या हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो।

उनलाई पछिल्लो एक सातादेखि नियमित ज्वरो आइरहेको थियो । गत जेठ ८ गते सदरमुकाम राजविराजस्थित डा. बिनिता यादवसँग गर्भवती जाँच गराएकी उनलाई त्यस दिन १०२ दशमलव ४ डिग्री ज्वरो पाइएको गुप्ताले बताए ।

ज्वरो आउने, श्वास लिन समस्या भएपछि उनलाई घरमै राख्न सल्लाह दिइएको थियो । तर सोमबार रातिदेखि उनलाई श्वास लिन अति नै समस्या भएपछि मंगलबार राजविराजतर्फ ल्याउने तयारी गरिरहेकै अवस्थामा मृत्यु भएको गुप्ताले जानकारी दिएका छन् ।

स्वाब संकलन

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको छ । 

उनको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको गुप्ताले बताए ।


कस्तो लाग्यो ?

यो पनि