काठमाडौं । नेपालमा मंगलबार ९० जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या सात सय ७२ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२, नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।
२ वर्षिया बालिकामा समेत कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ ।