मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।

नेपालले यसअघि नै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली पनि बुधवार शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसारनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । चीनतर्फको मोहडाबाट आरोहण गरेको टोलीले चुुचुरोमा पुगेर मापन लिएको चीनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

नेपाली सर्भे टोलीले एक वर्षअघिनै सबैभन्दा तल्लो सतह सिराहाको माडारदेखि सगरमाथा शिखरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरिसकेको छ ।

नेपाल एक्लैले सगरमाथाको उचाई मापन गर्ने भनेर अघि बढेकै बेला गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका बेला दुवै देशले आ आफ्नो मोहडाबाट उचाइ नापेर संयुक्त रुपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।

दुई देशका राष्ट्रपतिको सम्झौतामै परेको विषय भएकाले दुवै देशले सगरमाथाको उचाइ संयुक्त रुपमा सार्वजनिक गरिने भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले बताइन् ।

यो पनि