स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा यसअघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वालिङ क्वारेन्टिनमा रहेकाहरु थप तीन जानमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशानलय पोखराका अनुसार, संक्रमित हुनेमा २६ र २२ वर्षका पुरुष र ३९ वर्षीया महिला छिन् ।
उनीहरुलाई सदरमुकाम पुतलीबजार ल्याउने तयारी भएको स्वास्थ्य निर्देशानलय पोखराले जनाएको छ ।
यता नवलपुर जिल्लामा समेत एक जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरका १९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट नेपाल आएको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको सख्या १६ पुगेको छ ।
यसअघि नै बाग्लुङ ८, नवलपुरमा २, स्याङ्जामा २ र लमजुङमा १ जनामा पुष्टि भइसकेको छ । बाग्लुङका २ जना यसअघि नै निको भएर घर फर्किएका छन । बाँकीको उपचार जारी छ ।