मंसिर ०७, २०८१, शुक्रबार
               

सुदूरपश्चिममा ३ जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । धनगढी प्रयोगशालामा पीसीआर गर्दा थप ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।  

नयाँ थपिएका संक्रमितमा दार्चुलाको महाकाली नगरपालिका(५ का २१ ववर्षीय पुरुष, कैलालीको जानकी गाउँपालिका ३० वर्षीय युवक र जानकी गाउँपालिकाकै २५ वर्षीय पुरुष रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

नयाँ थपिएका संक्रमितमध्ये २ जनाको टीकापुर र १ जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । बिहीबार ३ जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।

कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए । उनी पनि भारतबाट केही दिनअघि भारतबाट फर्किएका थिए । उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत शुक्रबार, शनिबार र आइतबार गरी सुदूरपश्‍चिमका १० जनामा कोरोना पुष्टि भएको थियो । धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजिटिभ देखाएका हो ।

शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

कैलालीका ३ जना संक्रमितमध्ये १ जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । अन्य ३ जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।

शनिबार बैतडीका ४ जनामा कोरोनाको संक्रमण देखिएको थियो । शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। आइतबार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। 

सुदूरपश्‍चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । ५ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि