मंसिर ०७, २०८१, शुक्रबार
               

चट्याङ लागेर बालकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

प्युठानमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो । 

बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्यचौकी लिबाङ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । 

चट्याङमा परी सोही ठाउँका २५ वर्षीय सुरेश विक घाइते भएको प्रमुख कार्कीले बताए । विकको उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि