सुर्खेत । कर्णालीको प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ ।
कर्णालीका १० जिल्लामध्ये कोरोना संक्रमित संख्या सबैभन्दा बढी सुर्खेत र दैलेख जिल्लामा देखिएको छ । बाँकी ८ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएका छैनन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ४६ संक्रमितमध्ये सुर्खेतका २८ जना, दैलेखका १६ जना, १ बझाङ जिल्ला र १ महिला रहेका छन् ।
सुर्खेतमा सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाका १८ जना रहेका छन् । जसमध्ये, वीरेन्द्रनगर वडा नं १ का १ जना, वडा नं २ का ५ जना, वडा नं ३ का २ जना, वडा नं। ४ का ६ जना, वडा नं। ५ का १ जना वडा नं ६ का १ जना, वडा नं ९ का १ जना र वडा नं ११ का १ जना रहेका छन् ।
त्यस्तै, सुर्खेत चौकुने गाउँपालिकाका ४ जना, भेरीगंगा नगरपालिकाका २ जना, बराहताल गाउँपालिकाका २ जना र सिम्ता गाउँपालिकाका २ जना रहेका छन् ।दैलेख जिल्लाका कोरोना संक्रमित १६ मध्ये नारायण नगरपालिका १० जना, डुङ्गेश्वर गाउँपालिकाका ३ जना, गुराँस गाउँपालिकाका २ जना र आठबीस नगरपालिकाका १ जना रहेका छन् ।
यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।