काठमाडौैं । कोरोनाको उपचारपछि बिहीबार ४ जना निको भएर घर फर्किएका छन् ।
नारायणी अस्पतालमा उपचाररत पर्साका ४ जना घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अस्पतालमा ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूषले कोरोना जितेर घर फर्किएका हुन्।
याे सँगै निकाे हुनेको संख्या १४४ जना पुरूष र ४३ जना महिला सहित १८७ पुगेको छ ।