काठमाडौं । मदिरा सेवन गरेर वडाध्यक्षमाथि हातपात गरिएको छ । डडेल्धुराको अमरगढी नगरपालिका– १० का वडाअध्यक्ष विष्णु भट्टमाथि बिहीबार राति एक सरकारी कर्मचारीले हातपात गरेका हुन् ।
जिल्लाकै अमरगढी नगरपालिका– १० बुडाली घर भइ र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरेर हातपात गरेको प्रहरीले बताएको छ ।
आफ्नो वडामा क्वारेन्टाइनमा ७२ जनाको व्यवस्थापन गर्नुपर्ने र विद्यालयको भवनमा मात्रै सम्भव नभएको र रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरी आएका ऐरले गालिगलौजसहित हातपात गरेको जनाइएको छ ।
वडाअध्यक्ष माथि हातपात गर्ने ऐरलाई बिहीबार राति नै पक्राउ गरेर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।