मंसिर ०७, २०८१, शुक्रबार
               

प्रहरीमा जोखिम बढ्यो  कोरोना संक्रमित प्रहरीको संख्या २० पुग्यो

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

नेपालमा कोरानाको जोखिम बढेसँगै प्रहरी समेत यसबाट अछुतो रहन सकेन । प्रहरीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको छ ।  

बिहीबार साँझसम्म संक्रमित प्रहरीको संख्या २० पुगेको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले सप्तरीमा एक प्रहरीमा कोरोना संक्रमण देखिएको नेपाल फ्ल्यासलाई जानकारी दिए ।

यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तु २ बाँकेमा २ सप्तरीमा २ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा जोखिम देखिए पनि प्राप्त स्रोत साधनको प्रयोग गरेर सावधानीपूर्वक काम गरिरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि