मंसिर ०७, २०८१, शुक्रबार
               

पाँच मिटर टाढैबाट तापक्रम नाप्दै

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

कपिलवस्तु जिल्‍लाको विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरूको पाँच मिटर टाढाबाटै तापक्रम चेकजाँच गरेका छन् । वडा नं ४ मा रहेको शंकरपुर आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूको ५ मिटर परैबाट बुधबार तापक्रम लिइएको हो । 

उनीहरुले इफ्रारेड थर्मोमिटर थर्मल गन पाँच मिटर टाढाबाटै प्रयोग गरी तापक्रम लिएका हुन् । क्वारेन्टाइनमा बस्नेहरू भारतबाट आएका हुन् । स्थानीय प्रकाश रन्जनका अनुसार स्वास्थ्यकर्मीले ५ मिटरभन्दा धेरै दूरी लिएर तापक्रम लिएका थिए ।   

स्वास्थ्यकर्मीलाई नजिकबाट तापक्रम लिन आग्रह गरे पनि कोरोना संक्रमण हुन सक्ने भन्दै टारेका थिए । स्वास्थ्यकर्मीले भने पिपिई प्रयोग गरेका छन्। यस विषयमा वडा अध्यक्ष तिलक कँडेलसँग सोधपुछ गर्दा आफूलाई त्यो विषयमा जानकारी नभएको र यथार्थ बुझ्न स्वास्थ्यकर्मीलाई बोलाएको बताए। 

यता, विजयनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वाई पि अधिकारीले यस विषयमा स्वास्थ्यकर्मीलाई सचेत गराइसकेको र गल्ती दोहोरिन नदिने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि