नुवाकोटका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
११ जेठमा कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना शुक्रबार निको भएर घर फर्किएका हुन् ।
काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।