काठमाडौं । शनिबार १३ जनाले जितेर घर फर्केका छन् ।
नेपालमा संक्रमितमध्ये निकाे भएर घर फर्कनेकाे सँख्या २१९ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए ।
यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् । यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् ।
१७२ जना पुरुष र १९ जना निकाे भएर घर फर्केका हुन् ।