काठमाडौं । शुक्रबार थपिएका २७८ कोरोना संक्रमितमध्ये काठमाडौंमा रहेका दुई जनामा संक्रमण देखिएको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत गुल्मी र पोखराका दुई जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित ब्रिफिङका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
ह्याम्स अस्पतालमा उपचाररत ६० वर्षीय र ७६ वर्षीय व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई हजार ९१२ पुगेको छ ।