डोल्पा । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको हो।
मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो।
शनिबार बिहान आएको पीसीआर परीक्षणको रिपोर्टमा उनमा कोराेना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जनाएको छ ।
उनी जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।
उनी लामो सममदेखि दमको पीडित थिए।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
यसैबीच उनको रिपोर्ट पोजेटिभ आएसँगै जगदुल्ला गाँउपालिकाका सबै नाका सिल गरिएको गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए।
उनीसँगै अन्य १२ जना जगदुल्ला आएका थिए। उनीहरु क्वारेन्टाइनमा छन्।