चितवन र नवलपरासीमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
चितवनको माडी नगरपालिकाका ८ जनामा र बर्दघाट सुस्ता पूर्व (नवलपुर) को हुप्सेकोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रम पुष्टि भएको हो ।
माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा शुक्रबार ८ जनामा पोजेटिभ भेटिएको हो ।
भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भेटिएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ पुष्टि भएका चारैजना रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ ।