मंसिर ०७, २०८१, शुक्रबार
               

मृतक पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

पर्सा । उपचारको क्रममा वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बालकको शुक्रबार मृत्यु भएको थियो ।

नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए ।

आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो ।

सो टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि बालकको थ्रोट स्वाब संकलन गरिएको थियो । 

नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।


कस्तो लाग्यो ?

यो पनि