मंसिर ०७, २०८१, शुक्रबार
               

सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

पर्यटकिय गन्तव्यका रुपमा परिचित सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु भएको छ । सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको वृहत्तर गुरु योजना अन्तर्रगत प्रदेश सरकारको सहयोगमा टावर निर्माण गर्न लागिएको हो । २ करोडको लागतमा टावर बन्नेछ ।

गण्डकी प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले टावर निर्माणको औपचारिक शुभारम्भ गरे ।  प्रदेशको पर्यटकिय गन्तव्य स्थललाई थप व्यवसिथत गराउने योजना अनुशार टावर र्मिाण गर्न लागिएको लम्सालले बताए ।

सुर्योदय, सुर्यस्त, ताल र आसपारका प्राकृतिक दृष्य अवलोकन गर्न टावर महत्वपुर्ण स्थान हुने समितिका अध्यक्ष प्रेमबहादुर जि सीले जानकारी दिए । पर्यटकिय स्थलका रुपमा परिचित सराङकोटको विकासमा धार्मिक पर्यटन क्षेत्र विकास समितिको वृहत्तर योजना महत्वपुर्ण रहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि सीले बताए । 

विभिन्न सहयोगबाट समितिले आर्थिक संकलन गर्दै आईरहेको छ । गौतम बुद्धको बिशाल मुर्ति स्थापनाका लागि जग्गा प्राप्त नहुदाँ निमार्ण कार्य अलपत्र परेको छ । सो निमार्णका लागि आर डी लामा विष्टले ७ करोड १० लाख सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि