मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं आउँदै हुनुहुन्छ ? नागढुंगाबाट फर्कनुपर्ला

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा सरकारले थप कडाइ गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच कडा पारिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका मोटारसाइकल, स्कुटर तथा गाडीहरुलाई फर्काइदिएका छन् ।

उपत्यका प्रवेश गर्न लागेका हरेक सवारी साधन रोकेर प्रहरीले चेकजाँच गरिरहेका छन् ।

काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय सरकारले गरेको छ ।

काठमाडौंबाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन्छ ।

यो पनि