काठमाडौं । ओमानबाट १६६ यात्रु लिएर सलाम एयरको जाहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।
विदेशमा रहेका कोभिड–१९ बाट प्रभावित नेपालीलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदूताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।
कोरोना भाइरस (कोभिड-१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट व्यवस्थापनका सम्बन्धमा ओमान स्थित नेपाली राजदूताबाससँगको सहकार्यमा सलाम एयरले नेपालीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो ।
अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ ।
त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहको समन्वयमा पठाइने छ ।
उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।