काठमाडौं । विहीबारसम्म वर्षा सस्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । महाशाखाले मंगलबार देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार रातिदेखि नै वर्षा भइरहेको र मंगलबार दिनभर वर्षाको सम्भावना छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने हुँदा सर्तकता अपनाउन आग्रह गरेको छ ।