काठमाडौं । साेलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाकाे निधन भएकाे छ । विगत १० महिनादेखि क्यान्सर पीडित उनकाे निधन आज बिहान आफ्नै निवासमा भएकाे गाउँपालिकाकी कार्यवहाक अध्यक्ष टसील्हामु शेर्पाले बताइन् ।
उनकाे आमाशयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि लामो समयदेखि विरामी थिए । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका शेर्पाको शरिरमा खासै सुधार नआएपछि २ हप्ताअघि जन्मस्थल लुक्ला लगिएको थियो ।
क्यान्सर लागेपछि शेर्पा थप उपचारका लागि १० महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका थिए । त्यहाँ २ महिनासम्म रेडियो थेरापी गरिएको थियो । त्यसपछि काठमाडौँ फर्किएर शेर्पाले ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए ।