अमेरिकी राजदूतावासले नेपालकाे नयाँ भूभाग समेटिएकाे नक्सा प्रयाेगमा ल्याएकाे छ । सामाजिक सञ्जाल फेसबुमा एक पोस्ट गर्दा दूतावासले नेपालको पछिल्लो आधिकारिक नक्सा प्रयोग गरेको हो ।
हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा भर्खरै मात्र प्रतिनिधिसभाले पारित गरेकाे छ । सरकारले पनि आफ्नाे आधिकारिक प्रयाेगका लागि नयाँ भूभाग समावेश भएकाे राजनीतिक नक्सा सार्वजिनक गरेकाे थियाे ।
सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेकाे अमेरिकी दूतावासले यसकाे प्रयाेग हाे । अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो ।